कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज
सारांश
- कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम दिन १ अर्ब ५८ करोड २२ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
- प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार, कुल खर्च २० अर्ब ५७ करोड १२ लाख ८ हजार भएको छ ।
- यस आर्थिक वर्षमा विकासतर्फ ८ अर्ब ८४ करोड ५० लाख बजेट फ्रिज गएको छ ।
सुर्खेत। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम दिन डेढ अर्ब भन्दा धेरै रकम भुक्तानी गरेको छ। बिहीबार अन्तिम दिनमा १ अर्ब ५८ करोड २२ लाख ८८ हजार भुक्तानी गरेको हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार, यो असार २५ गते दिउँसो १ बजेपछिको भुक्तानी हो । दिउँसो १ बजेसम्म १८ अर्ब ९८ करोड ८९ लाख २० हजार बराबर भुक्तानी दिएको सरकारले अन्तिम तथ्याङ्कमा कुल खर्च रकम २० अर्ब ५७ करोड १२ लाख ८ हजार भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले बताए ।
चालु आर्थिक वर्ष (२०८२/०८३) मा सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको कुल बजेट ल्याएको थियो । त्यसमध्ये ६१.९७ प्रतिशत बजेट खर्च गरेको छ। कुल खर्चमध्ये झन्डै २५ प्रतिशत बजेट सरकारले असार महिनाको २५ दिनमा खर्च गरेको हो ।
पुँजीगत बजेट ५५.७४ प्रतिशत कार्यान्वयनमा ल्याएको सरकारले चालु तर्फ ७३.४८ प्रतिशत खर्च गरेको छ। यो वर्ष विकासतर्फ १९ अर्ब ९८ करोड ९३ लाख वार्षिक बजेट थियो ।
त्यसमध्ये ११ अर्ब १३ करोड ९३ लाख बराबर बजेट कार्यान्वयनमा आउँदा ८ अर्ब ८४ करोड ५० लाख बराबर फ्रिज गएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वप्रकाशको प्रश्न, ‘सरकार आशाको होइन त्रासको प्रतीक किन बन्दैछ?’
-
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ : कांग्रेस
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
-
गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
-
लक्षण राम्रा छैनन्, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्वगृहमन्त्री अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण