शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैंकिङ कसुर मुद्दामा महिला पक्राउ

शुक्रबार, २६ असार २०८३, १९ : २०
शुक्रबार, २६ असार २०८३

बुटवल । रुपन्देही प्रहरीले बैंकिङ कसुर मुद्दामा एक महिलालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलले सैनामैना नगरपालिका घर भई हाल बुटवल उपमहानगरपालिका–दीपनगर बस्दै आएकी पार्वती पन्त पौडेललाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार पक्राउ पुर्जीका आधारमा पौडललाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ।

प्रहरीका अनुसार पौडेलले सम्राट चन्दलाई ११ लाख रुपैयाँको चेक दिए पनि पछि उक्त चेक हराएको भन्दै बैंकमा भुक्तानी रोक्न निवेदन दिएको आरोप छ। सोही घटनासम्बन्धी बैंकिङ कसुर मुद्दामा उनी पक्राउ परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्ण चन्दले पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय, भैरहवा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको रातोपाटीलाई जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप