सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
सारांश
- सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
- प्रहरी उपरीक्षकका अनुसार घाइते मण्डलको मानसिक अवस्था केही समयदेखि सन्तुलित नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
- गम्भीर अवस्थामा रहेका मण्डललाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ।
सर्लाही । राजधानी काठमाडौँमा बिहीबार भएको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार घाइते मण्डलको मानसिक अवस्था केही समयदेखि सन्तुलित नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनले के-कति कारणले यस्तो चरम कदम चाले भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
गम्भीर अवस्थामा रहेका मण्डललाई तत्काल प्राथमिक उपचारपछि थप र प्रभावकारी उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ।
यसअघि बिहीबार मात्रै काठमाडौँमा गणेश नेपालीले आत्मदाह गरेका थिए, जसको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको मुद्दा ‘पूर्ण इजलास’ मा किन पठायो ?
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण