शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

रुपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार

पेस्तोल र दुई राउण्ड गोली बरामद
शुक्रबार, २६ असार २०८३, २१ : ०६
शुक्रबार, २६ असार २०८३

काठमाडौँ । रुपन्देहीको मायादेवी गाउँपालिकास्थित गुरुहनियाँमा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । 

लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले गोली प्रहार गरेर दुई जनालाई पक्राउ गरेको छ । एक जना भारतीय नागरिकको खुट्टामा गोली लागेको छ । पक्राउ पर्ने दुवै भारतीय लागुऔषध कारोबारी हुन् ।

खैरो हेरोइन कारोबारीको साथबाट १ थान पेस्तोल र दुई राउण्ड गोली समेत बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए । 

प्रहरीले एक राउण्ड गोली प्रहार गरेको छ । कारोबारी मोटरसाइकलमा सवार थिए । आरोपीहरूको साथबाट २ सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप