सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
सारांश
- सिरहा जिल्ला अदालतले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका दुई छुट्टाछुट्टै मुद्दाका अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
- गत पुस १६ गते सिरहा नगरपालिका वडा नं. ७ स्थित मैनावती नदी किनारमा ४२ वर्षीय प्रेमनाथ यादवको गोली प्रहार गरी हत्या भएको थियो ।
- माघ ४ गते औरही गाउँपालिका वडा नं. ५ स्थित जितिया मन्दिरमा श्याम सुन्दर ठाकुरमाथि गोली प्रहार भएको थियो ।
सिरहा । सिरहा जिल्ला अदालतले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका दुई छुट्टाछुट्टै मुद्दाका अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । भारतीय सुटर प्रयोग गरी हत्या र आक्रमण गराएको अभियोगमा पक्राउ परेका दुई जनालाई अदालतले कारागार पठाउन आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्तव्य ज्यान र संगठित अपराध मुद्दाका प्रतिवादी उपेन्द्र यादव र ज्यान मार्ने उद्योग तथा संगठित अपराध मुद्दाका प्रतिवादी हरी ठाकुर बरहीलाई कारागार चलान गरिएको हो ।
गत पुस १६ गते सिरहा नगरपालिका वडा नं. ७ स्थित मैनावती नदी किनारको बाँसको झाडीमा ४२ वर्षीय प्रेमनाथ यादवको गोली प्रहार गरी हत्या भएको थियो । अनुसन्धानका क्रममा प्रतिवादी उपेन्द्र यादवले योजना बनाई भारतबाट सुटरहरू मगाएर गोली प्रहार गर्न लगाएको खुलेको थियो । सोही मुद्दामा गत वैशाख २७ गते पक्राउ परेका यादवलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत पेस गरिएकोमा अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए ।
त्यस्तै, माघ ४ गते औरही गाउँपालिका वडा नं. ५ स्थित जितिया मन्दिरमा श्याम सुन्दर ठाकुरमाथि गोली प्रहार भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रतिवादी हरी ठाकुर बरहीले पनि भारतबाट सुटर मगाएर ठाकुरको टाउकोमा गोली प्रहार गरी घाइते बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बरहीलाई गत वैशाख २७ गते सिरहा नगरपालिका–१ हनुमानचोकबाट पक्राउ गरिएको थियो । उनीविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा चलाइएको थियो । जिल्ला अदालत सिरहाको आदेशले उनलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण