प्रदेश १ को पुँजीगत खर्चमा कीर्तिमान
प्रदेश १ सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्चमा कीर्तिमान कायम गरेको छ । असार २५ गतेसम्मको विवरण अनुसार प्रदेश सरकारले पुँजीगत खर्च ९० प्रतिशत गरेको हाे ।
यसअघि प्रदेश १ सरकारको पुँजीगत खर्च बढीमा ६५ प्रतिशतमात्रै पुगेको थियो । आजकै तथ्याङ्क अनुसार पनि संघीय सरकारले ५० प्रतिशत पुँजीगत खर्च कटाउन सकेको छैन भने अन्य प्रदेशले पनि पुँजीगत खर्च उल्लेख्य गर्न सकेका छैनन् । प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले नेपालमै अहिलेसम्म सबैभन्दा बढी पुँजीगत खर्च प्रदेश १ ले गरेको दाबी गरे । ‘खुसीको खबर ! प्रदेश १ को चालु वर्षको बजेट कार्यान्वयन पूरा हुँदै गर्दा असार २५ सम्मको जम्मा खर्च ३० अर्ब २८ करोड अर्थात् ८७.१३ प्रतिशत पुगेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसमा चालु ७९ प्रतिशत र पुँजीगत खर्च १६ अर्ब ८५ करोड अर्थात् विनियोजनको ९० प्रतिशत, स्थानीय तहमा अनुदान ९८ प्रतिशत खर्च भएको छ ।’
यो प्रगति सम्भवतः बजेट इतिहासमै उत्कृष्ट रहेको उनको दाबी छ । ‘यो प्रगति सम्भवतः बजेट इतिहासकै उत्कृष्ट हो । अन्य प्रदेश र स्वयम् नेपाल सरकारको दाँजोमा उत्कृष्ट हो नै,’ उनले भनेका छन्, ‘मध्यरातसम्म खट्ने मेरो टीम र सबै सरोकारवाला धन्यवादका पात्र हुनुहुन्छ, आभार व्यक्त गर्दछु ।’ चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३२ अर्ब ५४ करोड १३ लाखको बजेट ल्याएको थियो । संघीय सरकारले पुनः सशर्त अनुदानमा २ अर्ब ७ करोड २१ लाख बजेट थप गरेपछि प्रदेशको बजेटको आकार ३४ अर्ब ५४ करोड १३ लाख पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण