शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भागबन्डाका आधारमा हुने विकासलाई रोक्नुपर्छ : मन्त्री कार्की

सोमबार, २७ असार २०७९, २१ : ४९
सोमबार, २७ असार २०७९

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सङ्घ प्रदेश र स्थानीय तहको समन्वय विना विकास सम्भव नभएको बताएका छन् । सोमबार विराटनगरमा आयोजित गोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकासको काममा तीनै तहको समन्वय आवश्यक रहेको बताएका हुन् । 

‘सङ्घीय सरकारले आफू नै सबैभन्दा ठुलो हुँ भन्ने, प्रदेशले सङ्घ छुट्टै हो तर तलकाले मान्नुपर्छ भन्ने, स्थानीयले हाम्रो त आफ्नै अधिकार छ भन्ने त्यसमा वडा अध्यक्षले सिङ्गो वडा त मेरै हो भन्ने चलन छ, ’ उनले भने, यसो हुँदा कसरी विकासका काम अगाडि बढ्छन् त ?’

सङ्घीयताले विकासको मोडललाई विकेन्द्रीकरण गर्दै लानुपर्नेमा त्यसो नभइरहेको बताउँदै मन्त्री कार्कीले भागबन्डाको आधारमा हुने विकासलाई रोक्नुपर्नेमा जोड दिए । ‘ऐन अनुसार स्थानीय सरकारले बजेट पास नगरी मेयरको भागमा यती उपमेयरको भागमा यति, वडा अध्यक्षलाई यति भन्ने हुन्छ, उनले भने, जब की कानुन भनेको डर देखाउने चिज हैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप