शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधबार, २९ असार २०७९, ११ : ०१
बुधबार, २९ असार २०७९

सुनसरीको रामधुनी नगरपालिका–२ मा गएराती पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा पैदलयात्री स्थानीय ६० वर्षीया रुकमी सरदार रहेकी छिन् । गम्भिर घाइते भएकी सरदारको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।  

घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागी इटहरी स्थित बेदान्त अस्पताल पठाइएको छ । उनको अवस्था भने मध्यम रहेको छ ।  गएराती सवा १० बजे पैदलयात्रीलाई ठक्कर दिएर प्रदेश १–०२–०४२ प ३७१३ नम्बरको मोटरसाइकल पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप