संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढ्यो : कमल थापा
शनिबार, ३२ असार २०७९, ०८ : ०७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा वाह्य शक्तिको चलखेल बढेको बताएका छन् । संसदीय निर्वाचन नजिकिँदै गर्दा वाह्य शक्तिको चलखेल बढेको थापाको भनाइ छ ।
शनिबार बिहानै सामाजिक सञ्जालमार्फत थापाले महाशक्ति राष्ट्रहरु आफू अनुकुल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाए । देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको पनि थापाले औल्याएका छन् ।
सामाजिक सञ्जालमा थापा लेख्छन् - 'संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकुल 'कठपुतली' तयार गर्ने होडमा छन्। दिल्ली,वेईजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्। राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ। नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण