अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोइ’
आइ लभ यु, प्रेम पत्र, डुब्न देउ, इन्जिन गाडीमा लगायत दर्जनौ हिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । विशेष गरी पप गायनमा चिनिएका सिंहले यसपटक देउडा गीत ल्याएका हुन् ।
सिंहकै संगति तथा स्वर रहेको भिडियोमा उनकै अभिनय छ । गीतमा रिदमराज जोशीको शब्द छ । सप्तरङ्ग नामक सांगीतिक टुरमा रहँदा देउडा गीतको माग भएकोले आफूले यस्तो गीत गाएको सिंहले बताए ।
गीतको भिडियोमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देलको अभिनय छ । गीतको भिडियोमा सिजिआइ, भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको पनि अभिनय छ । म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेर भिडियो बाहिर ल्याएको हो ।
झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए । अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमि छैन । किनकी उनको गायन शैली र गीत नै त्यस्तै छ । एक समय उनले रकस्टारको ट्याग समेत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण