मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा एमाले–माओवादी ‘पत्तासाफ’ : ४ वटै क्षेत्र फोरम र राजपाको कब्जा

सोमबार, २५ मङ्सिर २०७४, १६ : ०६
सोमबार, २५ मङ्सिर २०७४

वीरगंज– प्रतिनिधि सभातर्फ पर्साका ४ वटै क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । कांग्रेस एमालेको किल्लाको रुपमा रहेको पर्सामा ४ वटै क्षेत्रमा फोरम नेपाल र राजपा गठबन्धनका उम्मदवार विजयी भएका छन् । 

पर्सा क्षेत्र नं १, २ र ३ मा फोरम नेपाल र क्षेत्र नं १ मा राजपा नेपालका उम्मेदवार विजयी भएका हुन् । ४ नंम्बर क्षेत्रमा राजपा गठबन्धनका उम्मेदवार एंव फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव बिजयी भए । यादव २१ हजार १ सय ३२ मत प्राप्त गर्दै विजयी बनेका हन् ।
 
उनले कांग्रेसका अनिल रुंगटालाई ४ हजार ६ सय ५१  मत अन्तरले पराजित गरे । रुंगटाले १६ हजार ४ सय ८१  मत ल्याएका थिए । यो क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार एमालेका बिचारी यादवले ५ हजार ४ सय ८१ मत लयाएर तेस्रो स्थान बनाए । 
यसैगरी क्षेत्र नं २ को प्रतिनीधि सभा सदस्यमा फोरम नेपालका विमल श्रीवास्तव विजयी भए । उनले निकटतम प्रतिद्वन्द्धी भन्दा १४ सय ६५ मत बढी ल्याएका थिए । श्रीवास्तवले २० हजार १ सय ६९ मत ल्याउँदा नेपाली काँग्रेसका अजय कुमार चौरसियाले १९ हजार ७ सय ४ मत ल्याएका थिए ।

पर्सा क्षेत्र नं ३ बाट प्रतिनीधि सभा सदस्यमा फोरम नेपालका हरि नारायण रौनियार विजयी भए । रौनियारले १५ हजार १ सय ६६ मत प्राप्त गर्दा निकतम प्रतिद्वन्दी सुरेन्द्र चौधरीले १३ हजार ८ सय १ मत ल्याएका थिए । त्यस्तै एमालेका राजकुमार गुप्ताले १० हजार ९८६ मत लयाएका थिए ।

यसैबीच पर्सा क्षेत्र नं ४ प्रतिनीधि सभा तर्फ राजपा नेपालका लक्ष्मणलाल कर्ण विजयी बने । कर्णले निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाल भन्दा ६ हजार ३६ मत बढी ल्याएरका  थिए । नेता कर्णले २० हजार ७ सय ३८ मत ल्याँउदा नेपाली काँग्रेसका रमेश रिजाल १४ हजार ७ सय मतमा चित्त बुझाउन बाध्य भए । यो क्षेत्रमा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले ९ हजार ६ सय १७ मतमात्र पाउदा तेस्रो स्थान बनाइन् । 

यसैगरी  पर्सामा ६ वटा प्रदेश सभाको नतिजा सार्वजनिक भईसकेको छ । ६ मध्ये संघीय समाजादी फोरम नेपाल र राजपा गठबन्धनले ४ र २ कांग्रेसले क्षेत्र जितेका छन् ।

पर्सा क्षेत्र नं १ को क र ख,  पर्सा क्षेत्र नं ३ क र पर्सा क्षेत्र नं ४ को ख मा राजपा फोरम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका फोरम नेपालका उम्मेदवारहरु विजयी भएका हुन् । मतगणना जारी रहेको २ प्रदेश सभा क्षेत्रको चुनावी दौडमा पनि मधेसी गठबन्धनकै उम्मेदवार अगाडी छन् । पर्सा क्षेत्र नं २ ख मा राजपाका उम्मेदवार र ३ को ख मा  फोरम नेपालका उम्मेदवारले लिड गरिरहेका छन् ।
यस्तै पर्सा क्षेत्र नम्बर १ को क को प्रदेशसभा सदस्यमा पनि  फोरम नेपाल राजपा गठबन्धनका जन्नत अन्सारी विजयी भएका छन् । यसैवीच मतपरिणामपछि विजयी उम्मेदवारहरुले सोमबार विजय र्याली निकालेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप