सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूनतम ७ महिनाको आयात धान्न पुग्नेगरी विदेशी मुद्राको चाप कम गर्ने

शुक्रबार, ०६ साउन २०७९, १६ : ४४
शुक्रबार, ०६ साउन २०७९

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत न्यूनतम ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्नेगरी विदेशी मुद्राको व्यवस्थापन गर्दै आर्थिक उत्पादनमा केन्द्रित हुने बताएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले विदेशी मुद्रामा परेको चाप कम गर्दै उत्पादन केन्द्रित अर्थनीतिमा धान दिने बताए । 

हाल तीब्र आयातका कारण अनपेक्षित रुपमा विदेशी मुद्राको सञ्चितिमा चाप पर्दा त्यसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ । हाल मुलुकसँग ६ महिनाको आयात धान्न पुग्ने जति मात्र विदेशी मुद्राको सञ्चिति रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप