श्रीमतीसँगको अभिनयमा पुस्कलले ल्याए ‘श्रीमान श्रीमती’
गायक पुष्कल शर्माले श्रीमतीसँगको अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन् । ‘श्रीमान श्रीमती’ बोलको गीतमा पुष्कल र गायिका शान्तीश्री परियारको स्वर छ । पुस्कलकै शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ ।
पुष्कल स्वयंकै कथा एवं निर्देशनमा तयार भिडियोमा उनले आफ्नै श्रीमती सवी शर्मासँग अभिनय गरेका छन् । सवीले यसअघि ‘के दिउँ मायालाई चिनो’ गीतको भिडियोमा छोटो भूमिकामा अभिनय गरेकी थिइन् भने ‘तिम्रो थर मेरो थर’ बाट पुस्कलसँगै मुख्य मोडलका रुपमा अभिनय गरेकी थिइन् ।
‘श्रीमान श्रीमती’ गीतमा कमला गैरे र युवानी शर्मा लगायतको पनि अभिनय छ । सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियो दीपक विष्टको सम्पादनपछि युट्युबमा सार्वजनिक गरिएको हो । पुस्कलले पाल्पास्थित आफ्नै गाउँमा यस गीतको भिडियो छायाँकन गरेका हुन् ।
लोकदोहोरीमा निकै ‘फ्यान फ्लोइङ’ भएका पुष्कल मिडियामा कमै आउन रुचाउँछन् । उनको ‘मुटु जलाई जलाई’ सर्वाधिक हिट गीत मानिन्छ । ‘श्रीमान श्रीमती’ बोलको गीतले पनि आफ्ना अघिल्ला गीतले जस्तै श्रोता दर्शकको मन जित्ने विश्वास पुस्कलमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण