भारततिर ‘दिलवाले रक्सी’ तस्करी !
सोमबार, ०९ साउन २०७९, १६ : १४
मोरङबाट भारततर्फ ‘दिलवाले रक्सी’ तस्करी हुने गरेको पाइएको छ । मोरङ प्रहरीले जहदा गाउँपालिका १ कालाबञ्जराबाट भारत लैजान लागेको १५० कार्टुन उक्त रक्सीसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
आइतबार राती १० बजे प्रहरी टोलीले को १ त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बरामद गरेको रक्सीको मूल्य १ लाख ३५ हजार बराबरको छ । ट्याक्टर चालक भने फरार रहेका छन् । नियन्त्रणमा लिएको रक्सी आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन मन्त्री यादवको निर्देशन
-
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना
-
अप्ठ्यारो संसदीय अंकगणित, उपधारा-५ बाट तेस्रो मुख्यमन्त्री को ?
-
बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण