बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अनुहारका लागि चिनी असाध्यै फाइदाजनक, कसरी लगाउने ?

मङ्गलबार, १० साउन २०७९, १६ : ५९
मङ्गलबार, १० साउन २०७९

चिनीको अत्याधिक सेवन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ तर के तपाईंलाई थाहा छ, अनुहारमा चिनी लगाउनु निकै फाइदाजनक हुन्छ ? चिनी हाम्रो भान्छामा निकै सजिलै पाइन्छ, र यसलाई अनुहारमा प्रयोग गर्न पनि धेरै सजिलो छ । अनुहारमा चिनी लगाउनाले छालाको धेरै समस्याबाट छुटकारा पाउन र चम्किलो छाला प्राप्त गर्न सकिन्छ । तर यसका लागि अनुहारमा चिनीको सही प्रयोग भने गर्नुपर्छ । अब प्रश्न उठ्छ कि अनुहारमा चिनी कसरी प्रयोग गर्ने ? यस लेखमा हामी तपाईलाई अनुहारमा चिनी लगाउनुका ५ फाइदा र चिनीले अनुहार सफा गर्ने तरिका बताइरहेका छौँ ।

चिनीले अनुहार कसरी सफा गर्ने ?

अनुहार सफा गर्न चिनीको प्रयोग धेरै सजिलो छ । यसको लागि तपाईंले २ चम्चा दहीमा १ चम्चा चिनी हालेर राम्रोसँग मिसाउनुहोस् । थप फाइदा पाउनका लागि तपाईं यसमा १ चम्चा कागतीको रस पनि थप्न सक्नुहुन्छ । यसलाई अनुहारमा लगाउनुहोस् र मसाज गर्नुहोस् । त्यसपछि यसलाई १५-२० मिनेटसम्म अनुहारमा छोड्नुहोस् र चिसो पानीले धुनुहोस् । यहाँ तपाईंले के याद राख्नुपर्छ भने यो लगाएपछि तपाईंले आफ्नो अनुहार साबुन वा फेस वाशले धुनु पर्दैन ।

अनुहारमा चिनी लगाउँदाका फाइदा यस प्रकार छन्ः

१. छालालाई एक्सफोलिएट गर्छ

तपाईंले अनुहारमा चिनी लगाउनुभयो र त्यसले मसाज गर्नुभयो भने यसले अनुहारलाई एक्सफोलिएट गर्न मद्दत गर्दछ । छालाका मृत कोशिकाहरू सफा हुन्छन्, छिद्रहरूबाट फोहोर बाहिर निस्कन्छ र मृत छाला हट्छ ।

२. अनुहारमा निखार आउँछ

 अनुहारमा चिनी प्रयोग गर्नाले अनुहार भित्रैदेखि सफा हुन्छ । यसले छालाको रंग सुधार्न मद्दत गर्छ । यसले डढेको छालामा निखार ल्याउँछ भने दागधब्बा कम गर्न पनि मद्दत गर्छ ।

३. दाग धब्बा हटाउँछ

चिनी, कागती र दहीको मिश्रण अनुहारमा लगाउनाले डण्डीफोर कम हुन्छन् र यसले जिद्दी दागहरू पनि हटाउँछ । यसका साथै यसले ब्ल्याक हेड्स सफा गर्न पनि मद्दत गर्छ ।

४. बुढ्यौलीका लक्षणहरू कम गर्छ

तपाईंले अनुहारमा चिनी लगाउनुभयो भने, यसले छालालाई कडा बनाउँछ, जसका कारण चाउरी र फाइन लाइनहरू कम देखिन्छन् । यसका साथै यसले छालाको फोलिकल्सलाई खुम्चाउन पनि मद्दत गर्छ ।

५. अनुहारको गहिरो सफाई

अनुहारमा चिनीको प्रयोगले अनुहारमा जमेको फोहोर, हानिकारक ब्याक्टेरिया र अधिक तेल सफा गर्न मद्दत गर्दछ । यस्ता तत्वले छालामा संक्रमण, एलर्जी र डण्डीफोर निम्त्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप