वरिष्ठ नृत्य निर्देशक थापा र पत्रकार गिरीसहित दर्जनौ कलाकर्मी सम्मानित
नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल लोक साँस्कृतिक प्रतिष्ठान १५ आँ वार्षिकोत्सवको अवसरमा बुधवार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगदसहित सो सम्मान प्रदान गरिएको हो । सोही अवसरमा नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त गरे ।
कार्यक्रममा रातोपाटीका कुवेर गिरी ‘रंग पत्रकारिता सम्मान’, सहनाई वादक तथा पञ्चे बाजाका अग्रज आइतबहादुर परियार ‘लोक सँस्कृति सम्मान’ बाट सम्मानित भएका थिए । गणतन्त्र नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा, प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसी, निर्देशक नारायण पुरी लगायतले सम्मान पत्र तथा दोसल्लासहित सम्मान प्रदान गरेका थिए ।
विभिन्न जातिका लोक बाजा तथा नृत्यसहित सुरु भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव नृपध्वज खत्रीले २०६५ मा स्थापना भएको प्रतिष्ठानले मेचीदेखि महाकालीसम्म विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी दिए ।

त्यस्तै पूर्व उपराष्ट्रपति झाले नेपाल लोक साँस्कृतिक प्रतिष्ठानले डेढ दशकदेखि नेपाली कला सँस्कृतिको उत्थान गर्दै आएको थाहा पाउँदा आफू निकै हर्षित भएको बताए । ‘मलाई मनपर्ने नेपाली लोक नृत्य हेर्दा निकै खुशी लाग्यो’ उनले भने, ‘म भन्दा पनि जेठो वयोवृद्धा नृत्य निर्देशक भैरव बहादुर थापालाई गरेको सम्मान तथा आ–आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिलाई गरेको सम्मान निकै सराहनीय छ ।’
प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीले प्रतिष्ठानमार्फत नेपाली लोक कला तथा संस्कृतिलाई विश्व माझ चिनाउन पाउँदा आफूलाई निकै खुशी लागेको बताए । उनले नेपाली मौलिक लोक सँस्कृतिको क्षेत्रका विभिन्न क्षेत्रमा योगदान गर्नेलाई आगामी दिनमा पनि विभिन्न कार्यक्रम गरेर सम्मान गर्ने बताए ।
समारोहमा प्रतिष्ठानका सल्लाहकार तथा संगीतकार सुरेश अधिकारी, कलाकार उत्तम शर्मालाई बधाई तथा सम्मानपत्र, प्रतिष्ठानका संस्थापक अध्यक्ष, गायक तथा संगीतकार शिवराज पौडेल, संस्थापक महासचिव तथा नृत्य निर्देशक दिनेशकुमार लामा, नृत्य निर्देशक शम्भु शाही, नृत्यागंना तथा कलाकार पूर्णिमा श्रेष्ठलाई संस्थागत सम्मान प्रदान गरियो ।
इभेन्ट निर्देशक निशुकान्त झा, कलाकार कृष्ण रसाल, गायक शिशिर योगीले समेत सम्मान पत्र प्राप्त गरेको कार्यक्रममा वर्माकी नेपाली भाषी गायिका डिना चौलागाईं, नेपाल समाचारपत्रकी रश्मी थापा, वाद्यवादक न्हुच्छे राजा मुनिमर लगायत कदरपत्रबाट सम्माति भए भने विभिन्न संघ संस्था तथा व्यक्तिलाई ‘मायाको चिनो’ प्रदान गरेका थिए ।
गायक शिशिर योगी, कृष्ण रेउले, सुनिता परियार लगायतले गीत प्रस्तुत गरेको कार्यक्रममा भैरवकाली, हुड्केली, लाखे, कौडा, चण्डी लगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण