जुनुले ल्याइन् तीज गीत ‘तीज आयो बरिलै’
सोमबार, १६ साउन २०७९, १७ : ०७
गायिका जुनु गौतमले तीजका लागि नयाँ गीत ‘तीज आयो बरिलै’ ल्याएकी छन् । स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतन्जलीको अधिनमा रहेको संस्था हाम्रो स्वाभिमानको तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।
गीतमा चेलीहरूको माइती प्रेम र भगवान शिवको आराधना समेट्दै खुशी साट्न भोलि पर्खिने होइन आजै रमाउनुपर्छ भन्ने भावना व्यक्त छ । गीतमा शब्द तथा संगीत नविन श्रेष्ठको छ भने एरेञ्जको काम सुन्दर लामाले गरेका छन् ।
अभिनेत्री तथा मोडल सुष्मा अधिकारी र गायिका जुनुले गीतको भिडियोमा कम्मर मर्काएका छन् । तारा थापा ‘किम्भे’को सम्पादनमा बनेको गीतमा छायांकन शिव ढकालको छ । विनोद विष्टले निर्देशन गरेको गीतको कोरियोग्राफी कमल राईले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण