सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जा - २ बाट एमालेकी अर्याल विजयी

बुधबार, २७ मङ्सिर २०७४, ०९ : २४
बुधबार, २७ मङ्सिर २०७४

स्याङ्जा, वालिङ - स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पदमा अर्याल विजयी हुनुभएको छ । 

नेकपा ९एमाले० केन्द्रीय सदस्य अर्यालले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ३,७०६ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । 

क्षेत्र नं २ मा कुल ६९ हजार ४८२ मत खसेकोमा वाम गठबन्धनकी विजयी उम्मेदवार अर्यालले ३५ हजार १४२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस केन्द्रीय सदस्य श्रेष्ठले ३१ हजार ४३६ मत ल्याउनुभयो । 

क्षेत्र नं २ मा कुल एक लाख एक हजार ३४९ मतदाता रहेका र जसमा ६७ हजार ६५५ मत सदर तथा एक हजार ८२७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

दुई प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको स्याङ्जाका दुई प्रतिनिधिसभा र तीनवटा प्रदेशसभामा वाम गठबन्धन विजयी भएको छ भने एउटा प्रदेशसभामा नेपाली काँग्रेस विजयी भएको छ । 

यसअघि, स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका नारायणप्रसाद मरासिनी विजयी भैसक्नु भएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी निवर्तमान सांसद काँग्रेस नेता राजु थापालाई १० हजार ७०२ मतान्तरले पराजित गरी विजयी हुनुभएको हो । 

विजयी उम्मेदवार मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गर्दा पराजित उम्मेदवार थापाले २८ हजार ७३१ मत प्राप्त गर्नुभएको थियो । २०७० सालको संविधानसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ मा उहाँहरु दुवै प्रतिस्पर्धी हुनुहुन्थ्यो । संविधानसभाको निर्वाचनमा पराजय भोग्नुभएका मरासिनीले यस पटक थापासँग बदला लिनुभएको हो । 

क्षेत्र नं २ को प्रदेश ‘ख’ मा काँग्रेस नेता भगवतप्रकाश मल्लले माओवादी केन्द्रका युवा नेता सूर्यप्रसाद गैह्रे ९पारस० लाई एक हजार ५४० मतले पराजित गर्नुभएको हो । काँग्रेस नेता मल्लले १९ हजार १७० मत ल्याउँदा वाम गठबन्धनका गैह्रेले १७ हजार ६३० मत प्राप्त गर्नुभयो । 

स्याङ्जा क्षेत्र नं २ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका मोहन रेग्मी विजयी हुनुभएको छ । नेकपा ९एमाले० खेलकुद विभागका केन्द्रीय सदस्य मोहन रेग्मीले १६ हजार ६१३ मत ल्याई विजयी हुनुभएको हो । 

वाम गठबन्धनका रेग्मीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि विष्णु पौडेललाई तीन हजार ४७३ मतले पछाडि पार्दै विजयी हुनुभएको हो । पराजित पौडेलले १३ हजार १४० मत प्राप्त गर्नुभएको हो । 

क्षेत्र नं १ को प्रदेशसभा ९ख० मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी हुनुभएको छ । एमाले जिल्ला अध्यक्ष गुरुङले काँग्रेस नेता तुलसी गिरीलाई पाँच हजार ७३८ मतले पराजित गरी विजयी हुनुभएको हो । 

प्रदेशसभामा विजयी गुरुङले २० हजार २४८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका तुलसी गिरीले १४ हजार ५१० मत प्राप्त गर्नुभएको हो । 

क्षेत्र नं १ को प्रदेशसभा ९क० मा वाम गठबन्धनका दीपक चर्तीमगर विजयी भैसक्नुभएको छ । माओवादी केन्द्रका उम्मेदवार चर्तीमगरले काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई दुई ७२६ मतले पछि पार्दै विजयी हुनुभएको हो । 

विजयी चर्तीमगरले कुल १७ हजार ३९२ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमल पंगेनीले १४ हजार ६६६ मत प्राप्त गर्नुभयो । बिहीबार मतदान सम्पन्न भएपनि बुथ कब्जाको विषयलाई लिएर दलहरुबीचको विवादका कारण मतगणना आइतबार रातिदेखि मात्रै शुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप