सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली- २ मा वाम गठबन्धनका झपटबहादुर रावल विजयी

बुधबार, २७ मङ्सिर २०७४, ०९ : २६
बुधबार, २७ मङ्सिर २०७४

धनगढी कैलाली - निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका झपटबहादुर रावल २५ हजार १५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

गएराति घोषणा गरिएको निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजाअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

विजयी रावलले केही वर्षअघि राठौर मन्त्री हुँदा उहाँका सहयोगी ९पिए० हुनुहुन्थ्यो । राठौर हालै मात्र एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेर टिकट पाउनुभएको थियो । 

यो निर्वाचन क्षेत्रको यसअघि मंगलबार नै प्रदेशसभा ९क० र ९ख० को प्रदेशसभा सदस्यको नतिजा घोषणा भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा ९क० मा एमालेका रतन थापा १३ हजार ६३२ मतसहित विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा ९ख० मा माओवादी केन्द्रका नन्दबहादुर साउद १२ हजार ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अरुणकुमार चौधरीले ११ हजार २३२ मत प्राप्त गर्नुभएको छ । 

प्रतिनिधिसभा सदस्यको यो निर्वाचन परिणामसहित कैलाली जिल्लाको सबै पाँच निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन क्षेत्र नं १ मा राजपा नेपाल र क्षेत्र नं २, ३, ४ र ५ मा वाम गठबन्धन विजयी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप