सुनसरीमा गच्छदारको अग्रता कायमै: ३ हजार ४४१ मत गन्न बाँकी
बुधबार, २७ मङ्सिर २०७४, ०९ : ४५
सुनसरि ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजय गचछदारले अग्रता लिइरहेका छन् । मतरगणना करिब अन्तिम चरणमा पुगेको छ ।
कांग्रेस उम्मेदवार विजय गचछदारले अहिलेसम्म ३७ हजार ५७५ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेकी भगवती चौधरीले ३७ हजार ५० मत ल्याएकी छन् ।
५२५ मतले गच्छदार अगाडि छन् । अब ३ हजार ४४१ मतगणना बाँकी छ ।