दोहोरी प्रतियोगितामा नगरकोट दोहोरी साँझ उत्कृष्ट
कल्याण शेरचन स्मृति प्रतिष्ठाद्वारा पोखरामा आयोजना भएको राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझले जितेको छ । उपाधिका साथ साँझले नगद ६ लाख पुरस्कार समेत प्राप्त गर्यो ।
फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको थियो । प्रतियोगितामा दरबारी दोहोरी साँझ दोस्रो, जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भए । दोस्रो ४ लाख पुरस्कार पाउँदा तेस्रो बनेका दुवै टिमले प्रतिटिम डेढ लाख पाए ।
४५ टीम सहभागी प्रतियोगितामा उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित भए । अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भए । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरिन् ।
उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई नगद ५० हजारका दरले पुरस्कार दिइएको थियो । प्रतियोगितामा नवप्रतिभा प्रोत्साहन पुरस्कार समेत १० हजार राशिको रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण