सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोट समानुपातिकमा काँग्रेस अगाडि

बुधबार, २७ मङ्सिर २०७४, ११ : ३८
बुधबार, २७ मङ्सिर २०७४

त्रिशूली -प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ ।

गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा ९एमाले० दोस्रो र नेकपा ९माओवादी केन्द्र० तेस्रो भएका छन् । 

प्रत्यक्षतर्फको छवटै सिट गुमाएको काँग्रेसले समानुपातिकमा ४७ हजार २५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै, एमालेले ३९ हजार ६०९ मत ल्याएर दोस्रो र माओवादी केन्द्रले २७ हजार ८५० मत ल्याएर तेस्रो भएको छ । 

प्रतिनिधिसभाको क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं १ मा काँग्रेस पहिलो भएको छ भने क्षेत्र नं २ मा एमाले पहिलो भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा २३ हजार २९५ मतसहित काँग्रेस पहिलो, १८ हजार ५१२ मतसहित माओवादी केन्द्र दोस्रो र १४ हजार ३५३ मतसहित एमाले तेस्रो भएको छ । 

क्षेत्र १ को प्रदेशसभातर्फ प्रदेशसभा ९क० मा काँग्रेसले १२ हजार २६, माओवादी केन्द्रले १० हजार ६४६ र एमालेले पाँच हजार ३३२ मत ल्याएको छ । प्रदेश ९ख० मा नेपाली काँग्रेसले ११ हजार २६९, एमालेले आठ हजार ७८३ र माओवादी केन्द्रले सात हजार ८६६ मत ल्याएको छ । 

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले २५ हजार २५६, काँग्रेसले २४ हजार १६०, माओवादी केन्द्रले नौ हजार ३३८ मत ल्याएको छ । 

क्षेत्र नं २ को प्रदेश ९क० मा एमालेले १२ हजार २२९, काँग्रेसले १० हजार ८७२ र माओवादी केन्द्रले पाँच हजार १०९ मत ल्याएको छ । यस्तै, प्रदेश ९ख० मा काँग्रेसले ११ हजार ५६३, एमालेले १० हजार ७२२ र माओवादी केन्द्रले पाँच हजार २६२ मत ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप