पराजित उम्मेदवारको घरमै पुगे विजयी उम्मेदवार
बुधबार, २७ मङ्सिर २०७४, १४ : २९
महोत्तरी–महोत्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर–१ बाट पराजित उम्मेदवार सीताराम भण्डारीले बिजयी उम्मेदवार गिरीराजमणि पोखरेललाई बधाई दिएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहरेका भण्डारी ९ हजार ४ सय ७५ मत ल्याएर पोखरेल सङ्ग पराजित भएका थिए ।
मतदाताको घरघरमा पुगेर आभार व्यक्त गर्ने क्रममा पोखरेल आफ्नो प्रतिस्पर्धी भण्डारीलाई भेट्न गौशाला नगरपालिका १० भरतपुर स्थित भण्डारीको निवासमा नै पुगेका हुन् ।
संयुक्त बाम गठबन्धनका साझा उम्मेदवार पोखरेल घरैमा भेट्न आएपछि भण्डारी भावुक भएका थिए । उनले पोखरेलको प्रसंशा गर्दै पोखरेल सदाबहार नेता भएको उल्लेख गरे ।
भेटमा भण्डारीले पोखरेललाई जनताले दिएको मतको कदर गर्न आग्रह पनि गरे । जवाफमा पोखरेलले जनताले दिएको जनमतको सम्मान गर्ने बताए ।