असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड
आगामी असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ हुने भएको छ । विभिन्न विधामा हुने अवार्डका लागि सहभागीले यही साउन मसान्तसम्म आवेदन दिन सक्ने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस्ले जनाएको छ ।
काठमाडौंमा आयोजना हुने अवार्डका लागि भदौ दोस्रो साता नोमिनेस सुरु हुने र अवार्डका लागि भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीत गरी चार विधामा आवेदन दिन सकिने बताइएको छ । आयोजक संस्था कर्णाली कलाकार समाजका अध्यक्ष कलाकार पदम रोकायाका अनुसार अवार्डमा एसएमएस भोटिङको मत ४० प्रतिशत, निर्णायक मण्डलको मूल्यांकन ५० र आयोजकको १० प्रतिशत गणना हुनेछ ।
काठमाडौंवाहिरका सहभागीले पनि गीतको क्लिप पठाएर सहभागिता जनाउन सक्ने रोकायाले बताए। आवेदन शुल्क भने इसेवा वा मोबाइल बैकिङबाट पठाउन सकिनेछ । कर्णाली कलाकार समाजले स्थानीय कला संस्कृतिको प्रवर्द्धनका लागि वेलावेलामा सांस्कृतिक महोत्सव पनि आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
-
कमजोर व्यवस्थापन र फितलो कार्यसम्पादनको शिकार बन्यो रास्वपा बागमतीको अधिवेशन
-
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी
-
सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको ‘डिस्टर्ब’
-
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३३ जना बनिसके मन्त्री
-
रास्वपा कोशी प्रदेश सभापतिका लागि ८ जनाको उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण