बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी

बुधबार, २७ जेठ २०८३, १५ : ४१
बुधबार, २७ जेठ २०८३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो ३ दिने भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन्। 

उनले आफ्नो भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गरेको बताए। उनले आफ्नो भारत भ्रमण दुई देशबिचको सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको पनि बताए। 

भ्रमणका क्रममा दुई पक्षबिच रहेको सम्बन्ध थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको जानकारी पनि उनले दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप