द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन
द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो ।
परिवर्तित निर्णायकमा राजेशपायल राई र प्रविशा अधिकारी छन् । त्यस्तै पुराना निर्णायक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन् । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ । सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । डिजिटल अडिसनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरू ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन् ।
अडिसनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपाली भाषी प्रतिभाहरूले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ । भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बसोवास गरिरहेका नेपालभूमीका प्रतिभाहरूले पनि अडिसनमा सहभागिता जनाएको आयोजकको भनाइ छ ।
कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले कार्यक्रमले नयाँ प्रतिभाको खोजीमा जोड दिने बताए । उनले आफ्नो खोजि पनि प्रतिभाकै रहने र राम्रोलाई प्रोत्साहन गर्नेमा हुने बताए । त्यस्तै गायिका प्रविशा अधिकारीले आफ्नो लागि यो चुनौतीको विषय भएको बताइन् । उनले वरिष्ठ कलाकारसँग बसेर निर्णय गर्नु आफैँमा कठिन रहेको बताए ।
तीन सिजनसम्म निर्णायक रहेका वरिष्ठ गायक दीप श्रेष्ठले भने यस सिजनमा विश्राम लिएका छन् । आगामी एक महिना भित्र नै सिजन ४ को प्रशारण शुरु हुने आयोजकले जनाएको छ । शो हरेक शुक्रवार र शनिवार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण