जापानका लागि नेपाली राजदूत डा.सुवेदीको नीति : ‘आजको काम आजै, भोलि नभन्ने’
शनिबार, २१ साउन २०७९, १७ : ४४
जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले आजको काम आजै गर्ने र भोलि भन्ने नीति लागू गर्ने बताएका छन् । हालै जापानको राजधानी टोकियोस्थित नेपाली दूतावासमा पदबहाली गर्दै उनले ‘नो टुमरो पोलिसी’ लागू गर्ने बताएका हुन् ।
उनले नेपाल सरकार र जापानस्थित नेपाली राजदूतावासप्रति सेवाग्राही तथा आम नेपाली नागरिकहरूको सकारात्मक भावना अभिवृद्धि गर्न राजदूतावासले प्रदान गर्ने राहदानी, प्रवेशाज्ञा, वारेसनामा तथा अन्य कागजातहरूको प्रमाणीकरण लगायतका कन्सुलर सेवालाई सरल, सहज, सुलभ र जनमैत्री बनाउन आवश्यक प्रक्रिया पूरा भई कागजात पेस भएको अवस्थामा आजको काम आजै भोलि नभन्ने नीति लिने निर्णय गरेको नेपाली राजदूतावास टोकियोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण