एनएमबी क्यापिटल पनि अब एनपीएसमा आबद्ध
एनएमबी क्यापिटल लिमिटेड नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध भएको छ । यससँगै कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको छ ।
यसका लागि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीएल)सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।
सो अन्तर्गत एनएमबी क्यापिटलले एनसीएचएल–आईपीएस वा कनेक्ट आईपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरू आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरूबीच सोझै गर्न सक्नेछन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीएसमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् ।
यस्तै, अन्य पिएसपी÷पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७३ गैर–बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’