सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चार नम्बर प्रदेशमा बाम गठबन्धन ८८.८८ प्रतिशतले विजयी

बिहीबार, २८ मङ्सिर २०७४, १६ : १२
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौं– चार नम्बर प्रदेशका १८ प्रतिनिधि सभा सदस्यमध्ये १६ स्थानमा (८८.८८%ंं) वामगठबन्धनले विजय प्राप्त गरेको छ । जसमा नेकपा एमालेको १३ र माओवादी केन्द्रको ३ स्थान छ ।

त्यसैगरि प्रदेश सभा तर्फका ३६ स्थान मध्ये नेकपा (एमाले) १७, माओवादी केन्द्र ९, राष्ट्रिय जनमोर्चा नेपाल २ स्थान र बाम गठबन्धनको सहयोगमा स्वतन्त्र १ गरि कुल २९ स्थान (८०.५५ %ंं) मा विजयी भएका छन् । 

समानुपातिक तर्फको नतिजाले पनि यस प्रदेशमा नेकपा (एमाले) नै पहिलो शक्तिको रुपमा स्थापित भएको छ भने बाम गठबन्धनको मत २÷३ को नजिक पुगेको छ ।
अहिलेको परिणामबाट नेपाली कांगे्रस चार नम्बर प्रदेशमा प्रतिनिधि सभामा १ र प्रदेश सभामा ६ स्थानमा खुम्चिएको छ । नयाँ शक्तिले प्रतिनिधि सभामा १ र प्रदेश सभा १ स्थानमा उपस्थिति जनाएको छ । 

यसैवीच चार नम्बर प्रदेशसहित देशभरबाट निर्वाचित दुवै सभाका सदस्यहरुलाई नेकपा (एमाले), प्रदेश संगठन कमिटी, प्रदेश नं.४ का संयोजक किरण गुरुङले बधाई तथा सफल कार्यकालको शुभकाना दिदै वामगठबन्धनका साझा उम्मेदवारहरुलाई अमुल्य मत दिई विजयी गराउने सम्पूर्ण मतदाताहरु प्रति हार्दिक आभार प्रकट गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप