सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिकतर्फ १२ जिल्लाको मतगणना जारी

बिहीबार, २८ मङ्सिर २०७४, १७ : ३९
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौं– २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६५ जिल्लाको मतगणना कार्य सकिएको छ । अब १२ जिल्लामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । 

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ८३ लाख ३३ हजार ६४८ मतगणना सम्पन्न भएको छ ।

मत परिणाम अनुसार, नेकपा एमालेले २८ लाख ३० हजार ८८७ मत, नेपाली काँग्रेसले २७ लाख ४४ हजार ९०४, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ३७ हजार ३४७, संघीय समाजवादी फोरम, नेपालले ४ लाख २ हजार ७२, राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ४५ हजार ७४१, विवेकशील साझा पार्टीले १ लाख ८८ हजार ७३६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८४ हजार १६९, नयाँ शक्ति पार्टी, नेपालले ७३ हजार ११७, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ६९ हजार ७५३, नेपाल मजदुर किसान पार्टी ५१ हजार ६५२ र अन्य दलले ३ लाख ५ हजार २७० मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेका जिल्लामा प्रदेश १ मा सुनसरी, प्रदेशमा २ मा सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, प्रदेश ३ मा काठमाडौं, चितवन, प्रदेश ४ मा स्याङ्जा, प्रदेश

५ मा प्यूठान, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलाली र कञ्चनपुर छन् । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य बुधबारै सम्पन्न भएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप