शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् कीर्तिपुरको गाईजात्रा

शनिबार, २८ साउन २०७९, १५ : २८
शनिबार, २८ साउन २०७९

काठमाडौँ उपत्यकाको ऐतिहासिक नगरी कीर्तिपुरमा पनि आज गाईजात्रा पर्व मनाइएको छ । वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा त्यहाँ विशेष किसिमले मनाइन्छ । 

मरेका मानिसका आफन्तले मृतात्माको चिरशान्तिको कामना गर्दै स्थानीय देवढोकाबाट गाईजात्रा निकाल्ने र स्थानीय टोल तथा नगरमा परिक्रमा गराइन्छ । सम्बन्धित घरबाट गाईका साथै स–साना बालकलाई विभिन्न रुपमा शृङ्गार गरी नगर परिक्रमा गराइन्छ । विभिन्न टोल टोलमा ती बालबालिकालाई फलफूल तथा मिष्ठान्न र खानेकुरा दिने चलन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप