सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा पनि समानुपातिकतर्फ एमाले पहिलो

बिहीबार, २८ मङ्सिर २०७४, १८ : १२
बिहीबार, २८ मङ्सिर २०७४

भक्तपुर– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले) पहिलो बनेको छ । एमालेले ४२ हजार ७ सय ७६ मत प्राप्त गरी पहिलो बनेको हो । नेपाल मजदुर किसान पार्टीले ३५ हजार ४ सय ९० मत प्राप्त दोस्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । 

यसैगरी नेपाली काँग्रेसले २६ हजार ३९१ मत प्राप्त गरी तेस्रो भएको छ भने विवेकशील साझा पार्टीले आठ हजार ९ सय ५३, माओवादी केन्द्रले सात हजार ४ सय ०५, राप्रपा प्रजातान्त्रिकले तीन हजार २ सय ६६ र राप्रपाले तीन हजार १८३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए ।  भक्तपुरमा समानुपातिकतर्फ ४९ वटा दलले मत प्राप्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप