सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्य पार्टीलाई समेत सम्मान गर्दै अघि बढ्ने सांसद कोइरालाको उद्घोष

बिहीबार, २८ मङ्सिर २०७४, १९ : ३२
बिहीबार, २८ मङ्सिर २०७४

तनहुँ– तनहुँ क्षेत्र नं २ को क मा बाम गठबन्धनबाट उम्मेद्वार बनेर विजयी भएकी प्रदेश सांसद आशा कोइरालाले आफ्नो कार्यकालयमा कुनै पनि विकास निर्माणका कार्यहरुमा विभेद नगर्ने बताएकी छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका अन्तर्गत साँखर, तालवेसी, फिरफिरे, ढोरफिर्दी, बेलचौतरा लगायतका स्थानमा घरदैलो कार्यक्रममा पश्चात आयोजित सभामा बोल्दै साँसद कोइरालाले सो कुरा बताएकी हुन् । आफुलाई मत दिएर विजयी गराकोमा हृदयदेखि नै आभार व्यक्त गर्दै साँसद कोइरालाले भनिन्, म कसैलाई काखा र पाखा गरेर काम गर्ने छैन् ।

म हिजो बाम गठबन्धनको प्रतिनिधी थिएँ तर आज जनताको प्रतिनिधीको रुपमा रहेकोले कसैलाई विभेद गर्ने छैन् । चुनावी अभियानको क्रममा आफुले बोलेका कुरा स्मरण गर्दै बोलेका बचन पुरा गर्ने अठोट समेत उनले व्यक्त गरिन् ।

समाजमा यो पार्टी र उ पार्टी नभनिकन अन्य पार्टीलाई पनि सम्मान गर्दै अघि बढ्ने सांसद कोइरालको उद्घोष थियो । निर्वाचनको परिणाम आएलगत्तै जनताको घरदैलोमा पुगेर आभार व्यक्त गर्न निस्केकी सांसद कोइराला शुक्रवार कोत्रेदेखि व्यास ६ श्याम्घा र अन्तमा कन्टार आएर घरदैलो अभियान मैजारो गर्ने कार्यक्रम रहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप