प्युठान जिप दुर्घटना : दुई छोरीको मृत्यु, बाबुआमा घाइते
आइतबार, २९ साउन २०७९, २१ : १३
प्युठानको नौबहिनी गाउँपालिका–६ स्थित बहानेमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एकै घरका दुईजना दिदी बहिनीको मृत्यु भएको प्युठानका डिएसपी सत्य थापाले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–५ घर भएका ४ वर्षीया करुणा बुढामगर र उनकी २५ दिनकी बहिनी चेतना बुढामगर छिन् । बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप चालक २५ वर्षका लुकेश थापाको पनि मृत्यु भएको छ । मृतक करुणा र चेतनाका बुवा २८ वर्षीय हुम बहादुर बुढामगर र आमा २५ वर्षीया रेमसरा बुढामगर घाइते भएकी छन् ।
दुर्घटनामा १८ जना घाइते भएको र उनीहरूको प्युठान नगरपालिकास्थित बिजुवार अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !