स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, फाइदाको सट्टा स्वास्थ्यमा हानी हुनसक्छ
स्याउ खानुका धेरै स्वास्थ्य लाभ छन् । मानिसलाई दैनिक एक स्याउ खाने सल्लाह दिइन्छ । स्याउमा भिटामिन बी६, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम, फस्फोरस र म्याङ्गेनिजको गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । स्याउले तपाईंलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ । तर स्याउले फाइदा गर्नुको सट्टा तपाईंको स्वास्थ्यलाई हानीसमेत पुर्याउन सक्छ । स्याउसँग वा यो खाएपछि केही चिज खाँदा स्वास्थ्यलाई हानी पुग्न सक्छ । यसबारे केही जानकारी लिऔँ :
स्याउ खाइसकेपछि भुलेर पनि नखानुहोस् यी चिजहरु
१. मूला
स्याउ खाएपछि तुरुन्तै मूला खानु हुँदैन । किनभने स्याउ र मूला दुवैमा शीतल प्रभाव हुन्छ । त्यसैले स्याउ खाएलगत्तै मूला खाँदा शरीरमा कफ बढ्छ । पाचन सम्बन्धी समस्या पनि हुन सक्छ ।
२. पानी
स्याउ खाएपछि बिर्सेर पनि पानी पिउनु हुँदैन । किनभने स्याउ खाएलगत्तै तुरुन्तै पानी पिउँदा पेटको पीएच लेभल बिग्रन्छ । यसले पाचन गडबडी, पेट फुल्ने र अपच हुन सक्छ । साथै, छालासँग सम्बन्धित धेरै समस्या हुन सक्छ ।
३. दही
स्याउ खाएपछि सकेसम्म दही पनि नखानुहोस् किनभने स्याउ र दही दुवैमा चिसो प्रभाव हुन्छ । त्यसैले स्याउ खाएलगत्तै दही खाँदा पनि शरीरमा कफ बढ्छ । पाचन सम्बन्धी समस्या पनि हुन सक्छ ।
४. सिट्रस फल र अचार
स्याउ खाएपछि तुरुन्तै अमिलो फलफूल र अचार खानु हुँदैन । स्याउ खाएपछि तुरुन्तै सिट्रस फलफूल र अचार खाँदा पेटमा साइट्रिक एसिड बढेर पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण