तनहुँमा ४२ उम्मेदवारको जमानत जफत
तनहुँ - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका ४२ जनाको जमानत जफत भएको छ ।
कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम उम्मेदवारको धरौटी जफत भएको हो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवारी दिएका तनहुँका ५४ जनामध्ये ४२ जनाले ऐनमा उल्लेख भए अनुसार मत प्राप्त गर्न नसक्दा उनीहरुको जमानत जफत भएको हो ।
तनहुँ प्रतिनिधिसभा १ बाट उम्मेदवार बनेका मध्ये ९ जनाको जमानत जफत भएको छ ।
तनहुँ प्रतिनिधिसभा १ मा ६७ हजार ८ सय ३ मत खसेको थियो । जसमध्ये नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ३४ हजार ४ सय ९२ मत प्राप्त गरी विजयी भएका थिए भने कांग्रेसका रामचन्द्र पौडेलले २७ हजार ६ सय ९० मत प्राप्त गरेका थिए ।
त्यस्तै प्रतिनिधि सभा १ प्रदेश सभा १ मा ७ जनाको जमानत जफत भएको छ ।
प्रदेश सभा २ मा ५ जनाको जमानत जफत भएको छ । प्रतिनिधि सभा २ मा ८ जनाको जमानत जफत भएको छ । ६८ हजार ४ सय ५८ मत खसेको यो क्षेत्रमा एमालेका केदार सिग्देल ३२ हजार ९ सय २४ मत प्राप्त गरी विजयी भएका थिए भने कांग्रेसका शंकर भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गरेका थिए ।
अन्य सबै उम्मेदवारले १० प्रतिशत मत कटाउन सकेनन् । प्रदेश सभा १ तर्फ ८ जनाको जमानत जफत भएको छ भने प्रदेश सभा २ तर्फ ५ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमध्ये २ स्वतन्त्र उम्मेदवार हुन् ।
नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, एकीकृत राप्रपा (राष्ट्रवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा (मार्क्सवादी), मंगोल नेसनल अर्गनाइजेसन लगायत पार्टीका उम्मेदवारको जमानत जफत भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाँसिरहेका प्रहरी महानिरीक्षकलाई जब प्रभातले रुवाए...
-
आफ्नो भारत भ्रमण र बालेनको विवादित अभिव्यक्तिबारे यस्तो छ परराष्ट्रमन्त्रीको प्रष्टीकरण (पूर्णपाठ)
-
संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखिरहेको छु : भीष्मराज आङ्देम्बे
-
‘औषधिको गुणस्तरमा भिन्नता छैन’
-
भारतबाट ५० हजार मेट्रिक टन मल आउने निश्चित, खरिद प्रक्रिया अन्तिम चरणमा
-
बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण