गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज विमान थपिने
भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज (wizz) एयरलाइन्सले पनि उडान गर्ने भएको छ । विज एयरलाइन्सले आगामी कात्तिक १३ (अक्टुबर ३०) देखि अबुदावीबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने सहमति भइसकेको छ ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रबन्धक यज्ञप्रसाद न्यौपानेका अनुसार विजले हप्तामा तीन दिन उडान भर्ने गरी सहमति भएको र उक्त एयरलाइन्सले टिकट बुक गर्ने अनुमति पनि दिइसकेको छ ।
हाल यस विमानस्थलमा कुवेतबाट अलजजिरा एयरलाइन्सले हप्तामा तीन दिन उडान भर्दै आएको छ । अल जजिराले सोमबार, बुधबार र शुक्रबार उडान गर्ने गरेको छ । अलजजिरा एयरलाइन्सको बिमान कुवेतबाट सवा चार घण्टाको समयमा भैरहवा अवतरण गर्ने गर्दछ । प्रबन्धक न्यौपानेका अनुसार अल जजिराले आगामी असोज १ गतेबाट हप्तामा सातै दिन नियमित उडान भर्नेछ । त्यसको पनि तयारी पुरा भएको उनले बताए ।
गत जेठ २ गतेबाट संचालनमा आएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडानका लागि अन्य विदेश एयरलाइन्सले पनि चासो ब्यक्त गरिरहेको बताइएको छ । नेपालको हिमालयन एयरलाइन्सले गतसाता एकदिन टेडिङ उडान गरेको थियो । यो विमानस्थलबाट नेपालका हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले भारतको दिल्लीसम्म उडान गर्न चासो ब्यक्त गरिरहेको विमानस्थल स्रोतले बताएको छ । तर यसको तयारी भने सकिएको छैन ।
यस विमानस्थलबाट हालसम्म एउटा मात्र चार्टर उडान भएको छ भने एक पटक यात्रुसहित कार्गो उडान गरिएको छ । विमानस्थलले हाललाई ल्यान्डिङ तथा पार्किङ सुविधा निःशुल्क दिएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यालयका वरिष्ठ अधिकृत मोहन आचार्यका अनुसार दुई चरणमा गरेर करिब ८ अर्बको लागतमा यो विमानस्थल तयार भएर संचालनमा आएको हो । विमानस्थल निर्माणमा चाइनिज र थाइल्याण्डका दुई कम्पनीले काम गरेका थिए । ९० करोडको लगानीमा कार्गो कम्प्लेक्स पनि तयार भएको छ ।
विमानस्थलमा हाल ८५ जना कर्मचारी कार्यरत रहेका छन् । दरवन्दी भने १ सय ५१ को रहेको छ । भर्खरै संचालनमा आएको विमानस्थलको अहिले नै नाफा घाटाको हिसाव गर्न नमिल्ने प्रबन्धक न्यौपाने बताउँछन् । उनका अनुसार अहिले विमानस्थलले कमाउने भन्दापनि सेवामुखी भएर काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण