‘द कलेज एम्बेसडर २०२२’ का प्रतियोगीले देखाए ट्यालेन्ट

‘द कलेज एम्बेसडर २०२२’ प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट देखाएका छन् । हुकुम दरबार कमल पोखरीमा आयोजित ट्यालेन्ट राउन्ड अन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, बक्तित्व कला, चित्रकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट देखाएका हुन् ।
डान्स कोरियोग्राफर श्रेया महर्जन, सौदर्य प्रतियोगीता विजेता पूजा पुरी र प्रोफेसर बिनय रन्जित लगायत प्रतियोगीताको निर्णायकमा रहेका थिए ।
प्रतियोगीताको यो ११ औं संस्करण हो । यसका लागि उपत्यकाका नाइटिंगेल इन्टरनेशनल कलेज हेराल्ड कलेज, काठमाडौं स्कूल आफ सेन्टल स्टेज, किष्ट कलेज, गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेज, वेष्टन कलेज, ह्वाइटफिल्ट इन्टरनेशनल कलेज, कुसम, द टाइम्स इन्टरनेशनल कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएको आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रविण लाकौरले बताए ।
प्रतियोगी अहिले हुकुम दरबार कमला पोखरीमा आफ्नो प्रतिभा निखार्न प्रशिक्षणमा छन् । समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिभिन्न बिषयमा आफुलाई निखार्दै अन्तिम स्पर्धामा उत्रिने उनीहरु उत्रिने ग्रिनआर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् । मिसेन युनिभर्सल नेपाल २०१९ की विजेता समेत रहेकी अनिला प्रतियोगिताको कोरियोग्राफर समेत हुन् ।
प्रतियोगिताको अन्तिम स्पर्धा यदि भदौ १७ गते रसियन कल्चर सेन्टर (रसियन हाउस) कमलपोखरीमा आयोजना हुँदैछ । प्रतियोगीमा शिर्ष सहित बिभिन्न आधा दर्जनबढी विधामा बिजेता छानिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेंगलुरु दुर्घटना : भागदौडको घटनामा दुई जना पक्राउ
-
अपाङ्गता भएका व्यक्तिका लागि 'प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रम' असार २० र २१ गते विराटनगरमा हुने
-
गृहमन्त्री मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक
-
पोर्चुगलमा 'अफगानिस्तानको आगो’ लोकार्पण
-
प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायो : प्रचण्ड
-
वाईसीएल अध्यक्षमा ओली लगभग पक्का, अन्य नेताको व्यवस्थापनका लागि विधान संशोधन गरिँदै