राप्रपा नेपालले जिल्लालाई भन्यो -'भदौ २१ गतेभित्र उम्मेदवार सिफारिस गर्नु'
राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्बाचनको निमित्त भदाै २१ गते भित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरि केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।
बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ । साथै महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेचीऔमहाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ । कार्यक्रम अनुसार मेचीको काकडभिट्टाबाट भदाै ३० गते बिहीबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं फर्किएर यात्राको समापन हुनेछ ।
साथै बैठकले विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक छलफल ,परामर्श र वार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण