पर्यटक भिसामा विदेश जान सरकारको कडाइ
पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९' स्वीकृत गर्दै कडाइ गरेको हो।
कार्यविधिले १६ प्रकृतिको भिसा वर्गीकरण गरेर पर्यटक भिसामा प्रस्थान अनुमति प्राप्त गर्नको लागि पेस गर्नुपर्ने कागजातहरू विभाजन गरेको छ । पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले परिवारका सदस्यहरूबीच नातासम्बन्ध खुल्ने सरकारी कागजात पेस गर्नु पर्नेछ। कम्तीमा चार लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आबद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेस गर्ने दिनमा कम्तीमा दुई लाख रुपैयाँ बैंक मौज्दात रहेको बैंक स्टेटमेन्टका साथै आम्दानीका आधारमा सरकार (संघ, प्रदेश र स्थानीय) लाई कर तिरेको प्रमाण पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
-
निजामती विधेयकबारे कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबिच टसल
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण