कर्णाली राजमार्गको तारेभीरमा सडक अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध
बुधबार, १७ असार २०८३, १५ : ०२
सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तारेभीरमा सडक अवरुद्ध भएको छ । दैलेखको गुराँस गाउँपालिका—१, स्थित कर्णाली राजमार्ग अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार, बुधबार बिहान ७ बजेतिर सुर्खेतदेखि दैलेखतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७७४४ नम्बरको चक्के टेलरको टायरको पछाडिको धुरा भाँचिएर सडकको नालीमा फसेको छ ।
जसका कारण सडक पूर्णतः अवरोध भएको उनले बताए । तत्काल खुलाउन सहज नभएकाले वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।
सुर्खेतबाट कालिकोट हुँदै जुम्ला जाने सवारी साधन गुराँसे, रानीमत्ता, घोडाबास हुँदै तल्लो डुङ्गेश्वरको बाटो प्रयोग गर्न भनिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलेजो बिग्रँदा खुट्टामा देखिने यी लक्षणहरूको कहिल्यै गर्नु हुँदैन बेवास्ता
-
विश्वकप उत्सवका क्रममा मेक्सिको सिटीमा ३ जनाको मृत्यु
-
एमाले पुनर्गठनबारे ४ थरी मत : प्रतिवेदनमा सहमति जुटाउन सकस
-
शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
-
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित
-
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण