बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश सभा बैठक अझै बस्न सकेन

बुधबार, १७ असार २०८३, १५ : २०
बुधबार, १७ असार २०८३

सारांश

  • कर्णाली प्रदेश सभा बैठक मङ्गलबार १५ मिनेटका लागि स्थगित भएपछि अझै बस्न सकेको छैन ।
  • प्रमुख प्रतिपक्ष दल नेकपाले बजेटमाथिको असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गरेको थियो ।
  • सरकारले बजेट सुधारमा ध्यान नदिएको भन्दै प्रतिपक्षले सभा अवरुद्ध गरेको हो ।

सुर्खेत । मङ्गलबार १५ मिनेटका लागि स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक अझै बस्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बजेटमाथि असन्तुष्टि व्यक्ति गर्दै सभा अवरुद्ध गरेको थियो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार, मङ्गलवार दिउँसो १५ मिनेटका लागि बैठक स्थगित भए पनि त्यसपछि बैठक बस्न सकेन ।

बुधबार दिउँसो १ बजेका लागि सूचना टाँस गरियो । यद्यपि अहिलेसम्म पनि सहमति नजुटेकाले सभा बस्न नसकेको उनले बताए । प्रतिपक्षले  सभामै विचाराधीन विकृत बजेटको बारेमा सुधार गर्नुपर्ने पक्षबारे सरकारले ध्यान नदिएको भन्दै सभा अवरुद्ध गरेको हो ।

सुर्खेत । हिजाे १५ मिनेटका लागि स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक अझै बस्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बजेटमाथि असन्तुष्टि व्यक्ति गर्दै सभा अवरुद्ध गरेको थियो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार, मङ्गलवार दिउँसो १५ मिनेटका लागि बैठक स्थगित भए पनि त्यसपछि बैठक बस्न सकेन । बुधबार दिउँसो १ बजेका लागि सूचना टाँस गरियो । यद्यपि अहिलेसम्म पनि सहमति नजुटेकाले सभा बस्न नसकेको उनले बताए ।

प्रतिपक्षले  सभामै विचाराधीन विकृत बजेटको बारेमा सुधार गर्नुपर्ने पक्षबारे सरकारले ध्यान नदिएको भन्दै सभा अवरुद्ध गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप