मुख्यमन्त्री राईलाई मातृशोक
सोमबार, २० भदौ २०७९, ११ : १९
प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । राईकी ममतामयी आमाको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो । भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनलाई हेलिकप्टरबाट उपचारको लागि विराटनगर ल्याइएको थियो ।
मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि आजै भोजपुर लगिनेछ । राई पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् । उनका ३ छोरा र एक छोरी रहेका छन् । मुख्यमन्त्री राई कान्छा छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
-
बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण