पत्रपत्रिका
दसैँको मुखमा नेपालीको भान्सा महँगिने
आइतबार, २६ भदौ २०७९, ०६ : ४१
दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो।
भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ। यस वर्ष भारतमा धान उत्पादन कम हुने आङ्कलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ। कर लगाउँदा २५ प्रतिशत निर्यात घट्ने र आन्तरिक मागलाई सन्तुलन राख्न सहयोग पुग्ने भारतको निष्कर्ष छ। धानको उत्पादन उच्च हुने पश्चिम बंगाल, उत्तर प्रदेश र विहारलगायतका राज्यमा कम वर्षा भएका कारण धानबालीको उत्पादन घट्ने तथा रुस-युक्रेन युद्धका कारण खाद्य आपूर्ति रोकिँदा सङ्कट बढ्ने भन्दै भारतले आन्तरिक बजारलाई प्राथमिकतामा राखेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
-
त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण