बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार

बुधबार, १७ असार २०८३, १४ : ०६
बुधबार, १७ असार २०८३

काठमाडौँ । तनहुँको आबुखैरेनीबाट त्रिशूलीमा हाम फाल्न खोजेका एक जना युवकलाई प्रहरीले उद्धार गरेको छ । आबुखैरेनी–४ स्थित पुरानो मुग्लिङ पुलको लट्ठाबाट त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले रातोपाटीलाई बताए ।

इलाका प्रहरी कार्यालय आबुखैरेनी र अस्थायी प्रहरी पोष्ट पुलजिपको टोलीले ३२ वर्षीय युवकको उद्धार गरेको हो । मानसिक रूपमा विक्षिप्त रहेका युवक दाङका हुन् । उनले  आफ्नो नामक कहिले आशिष र कहिले दीपक बताउने गरेका छन् । उनी सो क्षेत्रमा ज्याला मजदुरी काम गरेर बस्दै आएका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय आबुखैरेनीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप