इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले ताने रथ, तस्बिरहरु हेर्नुहाेस्
बुधबार, २९ भदौ २०७९, १७ : ४९
इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेका छन् । बसन्तपुर क्षेत्रका स्थानीय महिलाले कुमारी, गणेश र भैरवको रथ तानेका हुन् । विगतमा नेवार समुदायका एकल महिलाहरूले मात्रै तान्ने रथ अहिले सबै समुदायका सबै महिलाले तान्छन्। सामाजिक रूपमा बहिष्कृत भएका एकल महिलाहरूलाई पनि जात्रामा सहभागी बनाउन त्यस्तो प्रचलन रहेको किम्वदन्ती रहेको छ।
राति इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं