तस्बिरमा हेर्नुहोस् एमालेको वाकाथन
शनिबार, ०१ असोज २०७९, ०८ : ४२
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ। 'संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा'का साथ गरिएको पदयात्रामा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेता सहभागी भएका छन् ।
ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो । संसद्‍ विघटन गरेर एमालेमाथि संविधानलाई कमजोर बनाएको आरोप लागिरहेका बेला पार्टीले संविधान निर्माणमा पार्टीले गरेको अगुवाइको सन्देश दिन आजको पदयात्रा आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी