मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी : चार घण्टामा अझै नियन्त्रण आएन, दुई मृतकको सनाखत

बुधबार, ०५ पुस २०७४, १० : ५३
बुधबार, ०५ पुस २०७४

काठमाडौँ । वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योग भीषण आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको अगालागी अझै नियन्त्रणमा आएको छैन ।

आगलागी हुने बित्तिकै आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र घटना स्थलमा पुगेको थियो । तर, ग्यास पड्किँदा उक्त वारुण यन्त्र पनि जल्न पुगेको छ । 

महानगरपालिकाका अनुसार ३ नम्बरको वारुण यन्त्र आगलागीमा परेर जलेको छ । प्रत्यक्षदर्शीका अनुसार ग्यास पड्किँदा दुईवटा शव उछिटिएर आएका थिए । प्रहरीका अनुसार दमकलमा रहेका दुई कर्मचारी यादव प्रसाद अधिकारी र मधुसुधन मिश्रको मृत्यु भएको छ ।

त्यस्तै, सञ्जीव नेपाल र अरुण कुमार महतो घाइते रहेका छन् । उनीहरुको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौँ लाने तयारी भइरहेको छ । अहिले काठमाडौँबाट हेलिकप्टर पनि वीरगञ्ज पुगेको छ ।

आगलागीका समय उद्योगमा कति कर्मचारी कार्यरत थिए भन्ने यकिन हुन सकेको छैन । ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । तर, अझै यसको पुष्टि भएको छैन ।

तीनवटा दमल आगलागीको प्रयासमा
वीरगञ्जका प्रमुख जिल्ला अधिकारी विनोद प्रसाद सिंहका अनुसार सामान्य दमलले आगो नियन्त्रणमा लिन नसकिने भएपछि भारतको रक्सौलबाट अत्याधुनिक दमकल मगाइएको छ । त्यस्तै रौतहटको चन्द्रनिगाहपुर र बाराको अमलेखगञ्जबाट पनि दमकल आएर आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । अग्नी नियन्त्रणसमेत आगलागी भएको स्थानभन्दा २/३ सय मिटरको दुरीमा छन् ।

नजिकका वस्ती खाली गराइँदै
उद्योगमा रहेका ग्यास सिलिण्डर पड्किरहेका छन् । जसले गर्दा नियन्त्रण गर्न निकै कठिनाइ भएको छ । आगलागी झन(झन फैलँदै गएको छ । अग्नी नियन्त्रणसमेत आगलागी भएको स्थानभन्दा २(३ सय मिटरको दुरीमा छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि आगलागी नियन्त्रणमा खटिएका छन् । द्योग वरपर ९३ किलोमिटर० सम्म बस्ती खाली गराउने काम भइरहेको छ । उद्योग  बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागी भएका कारण स्थानीय त्रसित छन्। स्थानीय बस्ती नै छाडेर सुरक्षित स्थानमा पुगेका छन् । प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको छ ।  सुरक्षाकर्मीले पनि स्थानीयलाई घर छोडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्रहरीले आफ्ना घरपालुवा जनावरसहित सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप