बन्दसूची बोकेर एमाले पुग्यो निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर एमाले नेताहरु निर्वाचन आयोग पुगेका छन् । एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो ।
निर्वाचन आयोगले आइतबार र सोमबार दुईदिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो । पहिलो दिन सूची बुझाउन थोरैमात्र दलहरु पुगे पनि दोस्रो दिन प्रमुख राजनीतिक पार्टीसहित अधिकांश पार्टीका नेताहरु सूची बुझाउन आयोग पुगेका हुन् ।
सोमबार एमालेसहित कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा लगायत दलका प्रतिनिधि आयोग पुगेर आयोगको नियमअनुसार धरौटी रकम जम्मा गर्ने र सूची बुझाउने गरेका छन् ।
बन्दसूची बुझाएपनि आचार्यले एमालेले बनाएको मापदण्ड अनुसार समानुपातिकको बन्दसूची पेश गरेको जानकारी दिए । ‘समानुपातिक सूचीमा पुराना कोही नेता पनि पर्नुभएको छैन । सबै नयाँ रहनुभएको छ । एमालेले यसअघि जितेका सिट कायम मात्रै राख्ने होइन बढाउँछ’, आचार्यले भने, ‘एमालेले कसैसँग गठबन्धन पनि गर्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’