जीटुजीबाट इजरायल गएका श्रमिकलाई हुण्डीको भर
सरकारले रेमिट्यान्स सेवाका लागि सहजीकरण गर्न नसक्दा इजरायल गएका ८० प्रतिशत श्रमिकले पहिलो महिना नै करोडौं रुपैयाँ हुन्डीमार्फत नेपाल पठाएका छन्। रेमिट्यान्सको काम गर्ने वित्तीय संस्था अभावका कारण दुई सरकारबीच सम्झौता गरेर पठाइएका १ हजार नेपालीले पहिलो महिना नै हुन्डीमार्फत पैसा पठाउनु परेको हो।
एक कम्पनीमा काम गर्ने १५ जनामध्ये १४ जनाले आफ्नो पहिलो महिनाको तलब नै हुन्डीमार्फत पठाएका छन् । रेमिट्यान्स पठाउने बैंकको अभावका कारण वाध्य भएर हुन्डीमार्फत पैसा पठाएको अमिकले बताएका छन्।
रेमिट्यान्स सेवा दिदै आएका बैंकको पहुँच सीमित भएको र औपचारिक माध्यमबारे सरकारले चेतना जगाउन नसक्दा इजरायल गएका नेपाली श्रमिक हुन्डीमार्फत पैसा पठाउन बाध्य भएको पाइएको छ।
श्रमिक इजरायल जानुअघि अभिमुखीकरणमा औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन जानकारी दिए पनि इजरायलमा सो अनुसारको बैंकिङ सेवाको पहुँच हुन नसक्दा कम नेपालीहरुले हुन्डीमार्फत पैसा पठाउन बाध्य भएको बताएका छन्।
विगत ७ महिनायता जीटुजीमार्फत इजरायल गएका १ हजार नेपालीमध्ये ८० प्रतिशतले हुन्डी प्रयोग गरेको त्यहाँ रहेका नेपालीले बताएका छन् । 'बैंकमार्फत पठाउने चाहना भए पनि रेमिट्यान्स गर्ने बैंक नै कम छन्,' एक नेपाली श्रमिकले कारोबारसँग भने, 'पैसा भएपनि बैंकमार्फत पठाउन समय लिनुपर्ने र महँगो भएका कारण हुन्डी प्रयोग गर्नुपरेको छ।' यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण